२ बैशाख २०७८, बिहीबार   1655 पटक हेरिएको


image

नापी विभागले आज बिहिबारदेखि घरमै बसी बसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने मिल्ने भएको छ । यो घरजग्गा अनलाइन सेवा लागू गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्दै छन् । अब नापी कार्यालयमै गएर घर जग्गाको नक्सा हेर्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ ।

विभागका अनुुसार यो अनलाइन सेवा सुरु भएपछि जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापतको शुल्क बुझाउन मालपोत कार्यलय धाउनुपर्ने छैन । यसको लागि सम्बन्धित साइटमा गएर सिधै कनेक्ट आइपिएस मार्फत वा नेपाल बैंक, रास्ट्रीय बाणिज्य बैंकमा रकम जम्मा गरेर नक्सा निकाल्न सकिने व्यवस्था भएको छ। यसको लागि सुरुमा विभागले ‘मेरो कित्ता डट जिओभी डट एनपी’ मा गएर आबस्यक जानकारी भरि निवेदन दिन सकिने छ। सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन अनलाइन सेवा दिन लागिएको हो । यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाकामा डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुने छ ।

अनलाइन सेवा लिनको लागि यहाँ जानुहोस् http://merokitta.dos.gov.np/





सम्बन्धित समाचार