१ बैशाख २०७८, बुधबार   434 पटक हेरिएको


image

अब देखि अनलाइन सञ्चार माध्यमको नवीकरण समयमा नभएमा त्यस्ता सञ्चार माध्यममाथि रोक लगाउन सक्ने प्रवाधान सर्वोच्च अदालतले खारेज गरेको छ ।

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ दफा ६(३) मा अनलाइन सञ्चार माध्यम नवीकरण नभएमा  सञ्चालनमा रोग लगाउन सक्ने प्रवाधान संविधानको धार १९ को उपधार २ प्रतिकुल भएको भन्दै परेको निवेदनमा सुनुवाइका क्रममा सो आदेश भएको हो । अधिबक्ता लिलानाथ घिमिरेले दायर गरेको रिटमा माननीय न्यायाधीश दीपककुमार कार्की र सुस्मालता माथेमाको इजलाशबाट सो आदेश भएको हो ।यसै बाट अबका दिनमा अनलाईन संचार माध्यमले एक पटक दर्ता भए पछि नबिकरण गर्न नपर्ने भएको छ ।





सम्बन्धित समाचार