३१ चैत्र २०७७, मंगलवार   440 पटक हेरिएको


image

साताको तेस्रो दिन तथा बर्षको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४. ७९ अंकको विन्दुमा कायम भएको छ ।आज दिनभरिमा २ सय ९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।आज सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ। आज नबिल बैंकको २८ करोड ६२ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल बैंकको २८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

एनआईशी एशिया लघुवित्त वित्तीय संस्था ,माउन्टेन ईनर्जी,ज्योति लाईफ इन्सुरेन्सका लगानीकर्ताले कमाएका छन् भने,लक्ष्मी लघुवित्त ग्लोबल आईएमई लघु बित्त आदि कम्पनीले गुमाएका छन् ।





सम्बन्धित समाचार