३१ चैत्र २०७७, मंगलवार   284 पटक हेरिएको


image

किसान लघुवित्त वित्तीय संस्थाले थप मूल्यमा  FPO निष्काशनका लागि रेटिङ सम्पन्न गराएको छ। कम्पनीको (FPO जारी गर्न रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी माइनस (डबल बी माइनस)’ रेटिङ प्रदान गरेको छ । यस सूचकले  कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व वहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको जनाउँछ ।

यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम जोडेर १२ लाख ९८ हजार २५९.४९ कित्ता FPO जारी गर्ने भएको हो । यद्यपि, कति रुपैयाँ प्रिमियम जोड्ने भन्ने अहिले टुंगो लागिनसकेको लघुवित्तले जनाएको छ । यस कम्पनीको FPO जारी गर्न यस लघघुवित्तले यसअघि नै मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।





सम्बन्धित समाचार