३० चैत्र २०७७, सोमबार   156 पटक हेरिएको


image

राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको “स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान” यस वर्ष फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको वैठकले डा. हरिहर वस्तीले आयोगको शवोत्खनन् लगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्त्वपूर्ण योगदान पु¥याउनु भएकोमा सम्मान गर्ने निर्णय गरेको हो ।

सम्मानित हुनुहुने डा. हरिहर वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फरेन्सिक विज्ञको रुपमा रही मानव अधिकारको संरक्षणमा योगदान पु¥याउँदै आउनुभएको थियो । सशस्त्र द्वन्द्वकालीन घटनाहरुको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पु¥याउनुहुनेछ भन्ने विश्वास आयोगले लिएको छ । आयोग सम्मानित हनुहुने डा. हरिहर वस्तीलाई हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछ ।

आयोगले गत वर्षको मानव अधिकार सम्मान महिला मानव अधिकार रक्षक सञ्जाल नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा क्रियाशील अधिकारकर्मी डा. रेणु अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।





सम्बन्धित समाचार