३० चैत्र २०७७, सोमबार   478 पटक हेरिएको


image

रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते बाट चैत्र २४ गते सम्म जारी गरेको साधारण शेयर यसै साता बाँडफाँड हुने भएको छ । अहिले डाटा भेरिफिकेसनको काम अन्तिम चरणमा पुगेकोले शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी भइरहेको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीको साधारण शेयरमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको जानकारी प्राप्त भएको छ ।अहिले सम्म दिएको तथ्यांकलाई हेर्दा गोलाप्रथाबाट वितरण गर्दा पनि ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी  १६ लाख ३१ हजार ६ सय ५० जना भन्दा धेरै आवेदकको हात खाली हुनेछ । कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले बिक्री खुल्ला गरेको थियो ।





सम्बन्धित समाचार