३० चैत्र २०७७, सोमबार   301 पटक हेरिएको


image

आगामि वर्ष २०७८ बैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य सेवा विभागले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिएको छ । साथै सोही समयमा ६ देखि २३ महिनाबा बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा खुवाइने पनि विभागले जनाएको छ । को’रोना भाइरसको संक्रमणको जोखिम रहेकाले स्वास्थ्य बिभागबाट  मापदण्ड परिपालना गर्दै कार्यक्रम सञ्चालन गर्न विभागले सबै प्रदेशलाई पत्र संप्रेषण गरेको छ ।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण कार्यक्रम हुँदै आएको छ ।

यो कार्यक्रम हरेक वर्ष,बर्षमा २ पटक हुदै आएको छ ।यस कार्यक्रमबाट २७ लाख बालबालिकाले भिटामिन ए क्याप्सुल पाउनेछन् , साथै ६ लाख भन्दा बढ़ी बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै आएको छ ।यस कार्यक्रममा  देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् ।





सम्बन्धित समाचार