PalikaExpress
३० चैत्र २०७७, सोमबार
764 पटक हेरिएको

सिंगटी हाईड्रो इनर्जीको साधारण शेयर बाँडफाँड सम्पन्न भई सकेको छ । सिंगटी हाइड्रो इनर्जीको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रति कित्ता रुपैयाँ १०० देखि अधिकतम रुपैयाँ ३०० सम्म रेञ्ज पाउने भएको छ । सुरुवाती कारोबारमा पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज बढ़ी तोक्न पाउने हुन्छ।

यस सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म साधारण शेयर बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमध्ये २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।
।