२९ चैत्र २०७७, आईतवार   325 पटक हेरिएको


image

अबको केही समय पछि सरकारले वैदेशिक रोजगारीमा गएकाहरुले उपहार र इलेक्ट्रिक सामाग्री लिएर आएकाहरुको मोबाईल ल्यापटपको दर्ता बिना चलाउन नपाउने गरि अपरिहार्य दर्ता गर्नको लागि आह्वान गरेको छ ।अहिले नेपालमा धेरैजसो  विदेशबाट ल्याएर नेपालमा चलेका अघिकांश मोबाइल विना दर्ता चलिरहेका छन् । यस्ता मोबाइल फोन हराएमा अथवा चोरी भएमा भेटिदैनन् । यस्तो अवस्थामा स्मार्टफोन दर्ता छ अथवा छैन भनेर हेर्नु पर्छ यसको लागि नेपाल दूरसञ्चार प्राधिकरणले बेग्लै सफ्ट्ववेर बनाएको छ।नेपाल दूरसञ्चार प्राधिकरणले आगामी जेठ महिनाबाट नेपालमा आयात भएका अवैध मोबाइल र दर्ता विना चलेका मोबाइललाई नियामन गर्न  यो प्रणाली लागू गर्दै छ ।

जसमा मोबाइल IMEI नम्बर अनिवार्य दर्ता भएको हुनुपर्ने छ । अन्यथा विना दर्ता सञ्चालन भइरहेका मोबाइल फोन बन्द हुँने छन् ।यसको लागि सबैभन्दा पहिला तपाईंले आफ्नो मोबाइल  नम्बर दर्ता छ वा छैन भनेर हुर्नु जरुरी छ । त्यसका लागी आफ्नो मोबाइलको IMEI नम्बर हेर्नुपर्ने हुन्छ ।

उक्त IMEI नम्बर हेर्न *#06# डायल गरेर हेर्न सकिन्छ । यसो गर्दा प्राप्त IMEI नम्बर प्राप्त गर्न सकिन्छ । स्मार्टफोन दर्ता भए,नभएको हेर्न मिल्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले एक सफ्ट्ववेर विकास गरेको छ । जसका लागी यो लिंक मा गएर https://eir.nta.gov.np/main/know-your-device चेक गर्न सकिन्छ ।अनि  Know your Device भित्र जानुपर्छ र त्यसमा IMEI नम्बर राखेपछि रजिस्ट्रार भएको अथवा नभएको हेर्न सकिन्छ । यदि त्यहाँ तपाईको मोबाइल दर्ता नभएको देखायो भने नयाँ अनलाइन फारम भरेर आफ्नो मोबाइल दर्ता गर्न सकिन्छ । त्यहाँ गएर आफ्नो मोबाइल मोडल, नाम , नम्बर, ब्रान्ड, IMEI नम्बर लगाएतका विवरण भरेर सवमिट गनुर्छ । यसको अलवा नेपाल दूरसञ्चार प्राधिकरणमै गएर आफ्नो मोबाइल दर्ता गर्न सकिन्छ ।





सम्बन्धित समाचार