२९ चैत्र २०७७, आईतवार   275 पटक हेरिएको


image

को’रोना भाईरसको संक्रमण दर बढे संगै यसको संक्रमण नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरुलाई भोलि छलफलका लागि बोलाएको छ ।को’रोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई बोलाइएको मन्त्रालयले जानकारी दिएको हो ।

को’रोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा संचालन गर्न सुझाव दिए पछि निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपाल एन प्याब्सन लगायत शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाइएको हो ।





सम्बन्धित समाचार