२८ चैत्र २०७७, शनिबार   633 पटक हेरिएको


image

हेटौडा हुदै काठमाण्डौ जाने मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानीको फाखेल सडक खण्डको मर्मत गर्न एक महिना गाडी आवतजावत बन्द हुने भएको छ। सो सड़क खण्ड बन्द २०७८ वैशाख २८ गते सम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।

मकवानपुरको कुलेखानी हेबी देखि महालक्ष्मी हुँदै फाखेल र काठमाण्डौको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कामका  लागि कुलेखानी हुँदै काठमाण्डौतर्फ जाने सबै गाडीको आवतजावत बन्द गर्नुपरेको निर्देशनालयले जनाएको छ। तर दक्षिणकाली हुँदै सिस्नेरी छुट्ने सडकखण्डमा भने गाडी सञ्चालनमा रोक नलगाइएको निर्देशनालयले जनाएको छ ।





सम्बन्धित समाचार