२७ चैत्र २०७७, शुक्रबार   1015 पटक हेरिएको


image

सिंगटी हाइड्रो इनर्जी कम्पनीको साधारण शेयर बाँडफाँड भएको छ । यो कम्पनीको नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिने जनाएको छ ।

यस कम्पनीको साधारण शेयरको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर साईट र सिडीएसको नयाँ नतीजाको लागि बनाएको वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार सिंगटी हाइड्रो इनर्जीको वेबसाइट  http://singatihydro.com/ , बिकी प्रबन्धक बिकी प्रबन्धक मेगा क्यापिटलको वेबसाइट , https://megacapitalmarkets.com/ ,सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/loginर सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्ने सकिने छ ।

यो हाइड्रोमा १५ लाख ६५ हजार ५ सय ३० जनाले आवेदन परेको थियो भने जस मध्ये १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको र ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ । योग्य आवेदकबाट २ लाख ६९ हजार ७ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् । 





सम्बन्धित समाचार