२७ चैत्र २०७७, शुक्रबार   632 पटक हेरिएको


image

पछिल्लो समय छिमेकी देश भारतमा को’रोना संक्रमितको संख्या अत्याधिक बढेकोले नेपाल सरकारले बिशेस सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ । नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालय लगायत बिभिन्न भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । गत असोज महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । दोस्रो लहरको को’रोना महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन मन्त्रालयले जनाएको छ ।

अहिले नै विद्यालयहरु  बन्द गरि अनलाइन कक्षा संचालन गर्न कोभिड-१९ व्यवस्थापन केन्द्र सीसीएमसीमा सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । विद्यालय लगायत बिभिन्न भीडभाड हुने अन्य स्थान जस्तै सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस मल आदि बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उहाँले बताउनुभयो । अहिले  नेपालमा पनि कोरोनाको संक्रमणको संख्या दिन प्रतिदिन बढ्दै गएकोले सरकारले सतर्कता अपनाउन जानकारी दिएको  छ ।





सम्बन्धित समाचार