२६ चैत्र २०७७, बिहीबार   682 पटक हेरिएको


image

रुरु जलविद्युत परियोजनाको साधारण सेयरमा माग भन्दा ६२ गुणा बढी आवेदन परेको जानकारी प्राप्त भएको छ । शेयर विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको यस कम्पनीको शेयरमा १६,६९,०१९ जना आबेदकले २ करोड ३३ लाख ९० हजार ९० कित्ताका लागि आवेदन दिएको जानकारी आएको छ, तरपनि अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ ।

यस हाईड्रोको साधारण शेयरमा परेको यो आवेदन अहिले सम्मकै दोस्रो धेरै हो । यसअघि ज्योति लाइफमा १८ लाख बढीले आवेदन दिएका थिए । कम्पनीले गत २०७७ चैत्र २० शुक्रबार देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता साधारण शेयर विक्रीमा ल्याएको थियो ।

कुल निष्काशित सेयरमध्ये २% अर्थात (८,१५४ कित्ता) कम्पनीका कर्मचारी, ५% अर्थात (२०,३८५ कित्ता) सामूहिक लगानी कोषहरुलाई र बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो । यसरी हेर्दा यो कम्पनीको शेयर बाड्फ़ाडमा गोलाप्रथा नै गर्नु पर्ने र शेयर प्राप्त गर्न पनि भाग्य कै भर पर्नु पर्ने रहेको छ । यो कम्पनीको शेयर जम्मा ३७,९१६ जनाले मात्र प्राप्त गर्ने छन । 





सम्बन्धित समाचार