२६ चैत्र २०७७, बिहीबार   482 पटक हेरिएको


image

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको साधारण शेयर भोली सुक्रबार  बाँडफाँड हुने भएको छ । विहान ११ बजे शेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा हुने भएको छ ।  

कम्पनीले यही चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो जसमा ५% अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २% अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो।

यस हाईड्रो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको साधारण शेयरमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता साधारण शेयरको ९ गुणा भन्दा धेरै रहेको छ ।

यस कम्पनीको शेयरमा माग भन्दा बढ़ी शेयर आवेदन परेको हुनाले उक्त साधारण शेयर गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । शेयर गोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकीको हात खाली हुनेछ  । 





सम्बन्धित समाचार