२६ चैत्र २०७७, बिहीबार   379 पटक हेरिएको


image

अजोड इन्सुरेन्स लिमिटेड(AIL) ले हकप्रद जारी गर्ने प्रस्ताव एक बिज्ञप्ती जारी गर्दै हाललाई स्थगन गरेको छ। बीमा समितिको निर्देशन पछि कम्पनी सञ्चालक समितिको बैठक बसी हाललाई हकप्रद जारी गर्ने विशेष प्रस्ताव स्थगन गरेको हो। बीमा समितिले गत चैत २३ गते पत्र पठाउँदै यस इन्सुरेन्स कम्पनी अजोडलाई हकप्रद प्रस्तावबाट पुँजी वृद्धि र हकप्रद जारीसम्बन्धी विशेष प्रस्ताव स्थगन गर्न निर्देशन दिएको छ।

यस कम्पनीको सेयरमूल्यमा आएको अस्वाभाविक बढेको कारण बिभीन्न ब्यक्ति ,लगानी समूह , अर्थ मन्त्रालय देखि नेपाल धितोपत्र बोर्डसम्मले चासो देखाएका थिए। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मन्त्रालयकै निर्देशनमा उक्त दिनको कारोबारका विषयमा अनुसन्धान गर्न छानबिन समिति समेत गठन गरेको छ। शेयर बजारमा यो कम्पनीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ(सूचना चुहावट) भएको सर्वत्र चर्चा पनि चलेको थियो। चौतर्फी आलोचना र दबाब पछि कम्पनीले बिशेस प्रस्तावलाई हाल स्थगित गरेको जानकारी प्राप्त भएको  छ। 





सम्बन्धित समाचार