२५ चैत्र २०७७, बुधबार   247 पटक हेरिएको


image

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले साधारण शेयर जारी गर्ने भएको  छ । यस हाइड्रो इलेक्ट्रिक कम्पनीले रु.३३ करोड भन्दा बढीको साधारण शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। यस हाईड्रो कम्पनीले साधारण शेयर  निष्कासनको माग गर्दै गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले रु. १०० अंकित दरका कुल ३३ लाख ७ हजार ५०० कित्ता साधारण शेयर निष्कासनको अनुमति मागेको छ। यो कुल ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको साधारण  शेयर हुनेछ।

यो सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारण र स्थानीयका लागि साधारण शेयर निष्कासन गर्नेछ। यस कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। सबै प्रक्रिया पुरा भए अबको केही समय पश्चात यस हाईड्रो कम्पनीको साधारण शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।





सम्बन्धित समाचार