२५ चैत्र २०७७, बुधबार   623 पटक हेरिएको


image

सरकारी जागीर खान चाहनेको लागि लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठूलो संख्यमा आवेदन माग गरेको छ। लोक सेवा आयोगले सूचना जारी गरी विभिन्न पदमा ४५० भन्दा बढी पदमा आवेदन माग गरेको हो।

लोक सेवा आयोगले सूचना जारी गरी आफ्ना विभिन्न कार्यालय मातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन माग गरेको हो। आयोगको बिभिन्न क्षेत्रका कार्यालयहरू इलाम‚ धनकुटा, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले उक्त पदको माग गरेको हो। उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ। आवेदनका लागि psconline.psc.gov.np मार्फत आवेदन दिन सकिने छ। आवेदन दिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका हुनु पर्नेछ।महिलाको हकमा भने ४० महिला तथा अपांगताको हक़मा ४० बर्ष ननाघेको हुनु पर्ने छ ।





सम्बन्धित समाचार