२४ चैत्र २०७७, मंगलवार   185 पटक हेरिएको


image

सप्तरी। सप्तरी जिल्लाको सुरुङ्ग नगरपालिका ४ कदमाह स्थित पूर्वपश्चिम लोकमार्गबाट चैत्र २३ गते एपीएफ टोलीले करीव ४ लाख ५ हजार रुपैयाँ बरारबको फलफुलसहित एक जनालाई प, क्रा,उ गरेको छ । प, क्रा,उ पर्नेमा सिरहा जिल्लाको सिरहा नगरपालिका ३ बस्ने २७ वर्षिय दिलिप महतो छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ च १०४६ नम्बरको पिकअप भ्यानमा राखी लैजाँदै गरेको उक्त फलफुलको काजपत्र नभएको फेला परेपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कडरवानाबाट खटिएको एपीएफ टोलीले उक्त फलफुलसहित निज महतोलाई प, क्रा,उ गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त पिकअप भ्यान समेत बरामद गरेको छ । प, क्रा,उ परेका महतोलाई ब, रामद फलफुल तथा भ्यानसहित आवश्यक कार,वाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।





सम्बन्धित समाचार