२४ चैत्र २०७७, मंगलवार   84 पटक हेरिएको


image

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि हुँदा नयाँ रेकर्ड कायम गरेको छ । नेप्से १५.७२ अंकले वृद्धि  हुँदा २६७४.४६ अंकमा पुगेर आजको कारोबार  बन्द भएको छ ।   नेप्से वृद्धि हुँदा कारोबार रकम करिब साढे ७ अर्ब पुगेको छ । आज ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजारको कारोबार हुँदा १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर किनबेच भएको छ ।

आज सबै भन्दा बढ़ी कारोबार निफ्रा, चिलिमे हाइड्रोपावर ,अप्पर तामाकोशी आदिको रहेको छ भने आज धेरै गुमाऊने कम्पनीहरुमा साल्ट ट्रेडिंग ,सामिना जनरल इन्सुरेन्स ,अजोड इन्सुरेन्स आदि रहेको छ । आज नेप्सेमा चन्द्रागिरी हिल्ससहित ११ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मुल्यमा सर्किट लाग्नेमा हाइड्रोपावर र लघुवित्त बढी छन् ।





सम्बन्धित समाचार