
राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय फिदिम, पाँचथरले “सहकारी संस्थाहरुको वर्तमान समस्या तथा शाखामा बैंकको कारोबार बृद्धि कसरी गर्न सकिन्छ” भन्ने विषयक एक दिने अन्तर्कृया कार्याक्रम सम्पन्न गरेको छ । सहकारी बैंकको फिदिम शाखाले आयोजना गरेको कार्याक्रम जिल्ला सहकारी संघ लि. पाँचथरका सचिव मणिरज भण्डारी ज्यूको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकका वर्तमान सञ्चालक श्रीमती अमृता सुब्बा ज्यूको प्रमुख आतिथ्यता र बैंकका शाखा प्रमुख बुद्धराम बलको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न विषयगत संघ, फिदिम नगरपालिकाका सहकारी विभाग प्रमुख सहित विभिन्न प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी ज्यूहरुको उपस्थिति रहेको थियो भने सहभागिहरुले सहकारी संस्थाको वर्तमान समस्या तथा यस सम्बन्धमा नियमनकारी निकाय र छाता संगठनहरुको के कस्तो भुमिका रहेको छ भनि अ–आफ्नो स्थानबाट जिज्ञासा राख्नु भएको थियो ।


यसै क्रममा कार्यक्रममा सहभागीहरुको जिज्ञासा सम्बन्धमा कुरा राख्दै बैंकका सञ्चालक अमृता सुब्बाले सहकारीको बर्तमान समस्यामा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ–आफ्नो पक्षबाट र संयुक्त रुपमा समेत सम्बन्धित निकायमा पहल गरिरहेको र स्थानिय स्तरको सहकारी संस्थाहरुको बृद्धि विकासको लागि स्थानिय स्तरले नै अहम भुमिका निभाउने भएको हुँदा सोहि बमोजिम चल्न सुझाव दिनु भएको थियो भने महासंघ र बैंकको तर्फबाट हुने सम्पूर्ण किसिमको सहायताको लागि पूर्ण प्रतिवद्ध रहने धारण ब्यक्त गर्नु भएको थियो ।
