२३ चैत्र २०७७, सोमबार   535 पटक हेरिएको


image

अहिले देशका धेरै भागमा वायु प्रदूषण बढेकाले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञका अनुसार वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन् ।  

उहाँले वायु प्रदूषणका कारण वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटी’मा समस्या आउने र टाउ’को दुख्ने ,फो’क्सो सम्बन्धी क्या’न्सर, मुटु सम्बन्धी रोग, मस्तिष्क’घात, हृदय’घात जस्ता समस्या देखिने भएकाले बाहिर ननिस्कन अनुरोध गर्नुभयो।वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत उहाँले अनुरोध गर्नुभयो । 

चैत्र महिना शुरू भए लगतै देशको बिभिन्न भूभागमा लागेको डं’डेलोका कारण उपत्यका सहित देशभरिको वायु प्रदूषण बढेको छ ।  ५० देखि एक सय सम्मलाई सामान्य मानिन्छ । एक्यूआई एक सय ५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थ’कर हुन्छ । दुई सय सम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ ।





सम्बन्धित समाचार