२३ चैत्र २०७७, सोमबार   861 पटक हेरिएको


image

नेशनल लाइफ इन्सुरेन्स (NLICL)को संस्थापक सेयर आज  देखि लिलामीमा आएको छ ।एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको ५५ हजार ८६६ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ४६६ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्या र सो शेयरको मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

कम्पनीको लिलामी सेयरमा यही चैत ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको लिलामी सेयरमा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौं, एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय तथा एनआइसी एशिया बैंकको  शाखा कार्यालयहरुबाट  आवेदन दिन सकिने जनाएको छ ।





सम्बन्धित समाचार