२३ चैत्र २०७७, सोमबार   404 पटक हेरिएको


image

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL)ले रु. १.२५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनकर्ता तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त पनि गरेको छ।यस विकास बैंकले १ हजार अंकित दरका कुल १२ लाख ५० हजार इकाइले हुन आउने १ अर्ब २५ करोड रुपैयाँ बराबरको “मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५” नामको ऋणपत्र निष्काशन गर्ने भएको हो। 

ऋणपत्रको कुल इकाइ मध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबर मार्फत र ५ लाख इकाइ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत निष्कासन गरिनेछ। लगानीकर्तालाई अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ।

डिबेन्चर बिक्री प्रबन्धक सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।





सम्बन्धित समाचार