२२ चैत्र २०७७, आईतवार   205 पटक हेरिएको


image

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर डिम्याट खातामा देखिएको छ । कम्पनीको शेयर (JLI)को शेयर संकेतबाट डिम्याट खातामा आएको छ । यस इन्सुरेन्स कम्पनीले यही फागुन २१ गते देखि २६ गते ६६ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

यो कम्पनीमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए । कम्पनीको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज नेप्से बाट पहिलो कारोबारको लागि ओपन रेञ्ज रू १३२.९४ देखि ३९८.८२ पाउने देखिएको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो ।





सम्बन्धित समाचार