२२ चैत्र २०७७, आईतवार   623 पटक हेरिएको


image

साञ्जेन जलबिधुत कम्पनीले सञ्चय कोषका सञ्चयकर्ताको डिम्याट खातामा शेयर पठाउन शुरू गरेको छ । यस साञ्जेन जलबिधुत कम्पनीले सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक शेयरधनी, कम्पनीका कर्मचारीहरु ,नेपाल बिधुत प्राधिकरण, चिलिमे जलबिधुत कम्पनी लिमिटेड, जिल्ला विकास समन्वय समिति अंतर्गतका कार्यालयहरु र सञ्चय कोषका कर्मचारीहरुको लागि गत वि.सं २०७४ चैत १८ गते बाँडफाँट गरेको थियो।धेरै समय पछि शेयर खातामा पाउने भए पछी शेयर लगानिकर्ता ख़ुशी भएका छन।

यस जलबिधुत कम्पनीले उक्त शेयर सोही समयदेखि बाँडफाँट भएको तीन वर्ष भइसकेकाले सम्पूर्ण  शेयर शेयरधनीको डिम्याट खातामा पठाएको बताएको छ ।अव शेयर लगानीकर्ताले उक्त शेयर आफ्नो डिम्याट खातामा आएकोले  नियमित रुपमा खरीद विक्री गर्न सक्ने भएका छन् ।





सम्बन्धित समाचार