२२ चैत्र २०७७, आईतवार   1226 पटक हेरिएको


image

माया खोला हाईड्रोपावरले सर्वसाधारणको लागि २४ करोड बराबरको २४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो। यस हाईड्रो पावर कम्पनीले शेयर निष्कासन तथ बिक्री प्रबन्धकको लागि प्रभु क्यापिटललाई चयन गरेको छ ।यसका लागि माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

यस हाईड्रो  कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।





सम्बन्धित समाचार