२१ चैत्र २०७७, शनिबार   197 पटक हेरिएको


image

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI)ले ४०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको २०७७ चैत्र २० गते शुक्रबार बसेको सञ्चालक समितिको ९९औ बैंठकले ७% बोनस सेयर पछि ४०%  हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

सोही बैठकले कम्पनीको २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । यस जनरल इन्स्योरेन्स कम्पनीको उक्त सभा २०७८ बैशाख १२ गते काठमाडौंमा हुनेछ । सभाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका बिभिन्न वित्तिय विवरणहरु पारित गर्नेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको पारिश्रमिक तोक्ने लगायत एजेन्डाहरुमाथि छलफल गरी पारित गर्नेछ । सभाले ४०% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयर लगानीकर्ताहरूलाई ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३७% नगद गरि कूल ७.३७% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने आगामी बार्षिक साधारण  सभामा उक्त लाभांश पनि पारित गरिनेछ ।





सम्बन्धित समाचार