
डा. सदानन्द कडेलले प्रमोद पन्तको सङ्गीत र चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको “निस्वार्थी माया आमाको” गीतको म्युजिक भिडियो युटुबमा सार्बजनिक भएको छ। सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक तिथीको अवसर पारेर सार्वजनिक गरिएको हो। छायांकन चित्लाङ्गको रमणीय परिवेशमा गरिएको हो । आफ्नो आमाले आफ्ना सन्तानप्रति गरिएको मायामोह त्याग, बलिदान र दुःखकस्ट लाइ मुख्य बिषय बस्तुको रुपमा उक्त भिडियोमा देखाउन खोजिएको छ।

भिडियोमा सबै अभिनय गर्ने कलाकारको ससक्त प्रस्तुतिले झनै सबै सन्तानलाई आफ्नो आमा प्रतिको ममतालाई झनै उजागर गरिदिएको छ। भिडियोमा हिउवाला गौतम, बिजुना उपाध्याय र सुनिशा ढुङ्गाना, कलसा न्युपानेको सशक्त अभिनय देख्न सकिन्छ।

इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्मित सो भिडियोको निर्देशन सन्जिब पौडेल र सङ्गीतकार पन्तको रहेको छ भने छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको गरेका हुन्।
