२० चैत्र २०७७, शुक्रबार   370 पटक हेरिएको


image

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न गरेको  छ। चितवनमा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १५% बोनस सेयर र ५% नगद लाभांश अनुमोदन गरेको छ। गत आर्थिक वर्षको २०% लाभांश अनुमोदन गर्दे बोनस सेयर जारीपछि संस्थाको चुक्तापुँजी १ अर्व १५ करोड ६२ लाख पुग्नेछ।

सोही १९ औँ वार्षिक साधारण सभाले धादिङ जिल्ला गजुरीमा अवस्थित केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्र पनि अनुमोदन गरेको छ।त्यसै वार्षिक साधारण सभाले संस्थापक सदस्यहरु मध्येबाट सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ भने निर्वाचन पश्चात वसेको सञ्चालक समितिको बैठकले सञ्चालक दीपक खनाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। 





सम्बन्धित समाचार