
रुरु जलबिधुत परियोजनाले आज २०७७ चैत्र २० गते देखि सर्ब-साधारणलाई साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले ४ लाख ७ हजार ७ सय ६ कित्ता साधारण शेयर सर्बसाधारणलाई जारी गर्ने भएको हो।
यस हाईड्रो कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा शेयर बिक्री गर्न लागेको हो। लगानीकर्ताले यस साधारण शेयरमा छिटोमा चैत्र २४ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेमा बैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम निष्काशन भएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । साधारण शेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा चयन गरेको छ। कम्पनीको साधारण शेयरलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ । यो हाईड्रो कम्पनीको साधारण शेयरमा १० को लागि मात्र आबेदन दिंदा नै राम्रो हुनेछ। अहिले बजारमा नयाँ लगानिकर्ता बढे संगै शेयर पाऊन भाग्यमा नै भर पर्नु पर्ने भएकोले धेरै कित्ताको लागि आबेदन दिंदा खासै उपलब्धि हुने छैन।