१९ चैत्र २०७७, बिहीबार   989 पटक हेरिएको


image

किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ(Further Public Offering) निष्कासन गर्ने भएको छ । यस लघुबित्त संस्थाले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ  जारी गर्ने भएको हो ।यस लघुबित्त संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । संस्थाले सर्वसाधारणलाई एफपीओ(FPO) सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ ।

संस्थाले एफपीओ(FPO) निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता-पत्रमा किसान लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।





सम्बन्धित समाचार