१८ चैत्र २०७७, बुधबार   351 पटक हेरिएको


image

सिंगटी हाइड्रोपावरले सर्व साधारणमा बिक्री गरेको साधारण शेयरको बाँडफाँट अर्को हप्ता मात्रै हुने भएको छ। अर्को हप्ता बुधबारसम्ममा साधारण शेयरको प्रि-अलटमेन्ट हुने सक्ने र आगामी शुक्रबार बाँडफाँट गर्ने योजना क्यापिटलको रहेको छ। सिडिएससिको सिस्टममा समस्या आएको कारण बाँडफाँट पछाडि धकेलिएको निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटले जनाएको छ ।

कम्पनीले यही चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो जसमा ५% अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २% अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो।

यस हाईड्रो कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको साधारण शेयरमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता साधारण शेयरको ९ गुणा भन्दा धेरै रहेको छ ।





सम्बन्धित समाचार