१८ चैत्र २०७७, बुधबार   199 पटक हेरिएको


image

बहुप्रतीक्षित आयोजना अंतर्गत मध्य भोटेकोशी जलविधुत कम्पनीले सर्ब साधारणलाई  साधारण शेयर  निष्काशन गर्न लागेको छ ।यस जलबिधुत  कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर  निष्काशन गर्न लागेको हो । शेयर जारी गर्न गत २०७६ माघ १० गते निवेदन दर्ता गराएको कम्पनीको साधारण शेयर स्वीकृत हुने अन्तिम चरणमा रहेको छ ।

सो जलविधुत कम्पनिको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले यसअघि नै सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता शेयर बिक्री गरिसकेको छ ।

यो जलबिधुत कम्पनी मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ । सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिएर कार्य प्रारम्भ गरे पनि बिभिन्न प्राकृतिक अबरोधको कारण आयोजनाको म्याद थप गरिएको थियो ।





सम्बन्धित समाचार