१७ चैत्र २०७७, मंगलवार   518 पटक हेरिएको


image

काठमाडौं । बाग्लुङ्ग जिल्लाको बडिगाड गाउँपालिका ७ स्थित भिमगिठ्ठेमा चैत्र १६ गते भएको आग लागीएपीएफ टोलीले स्थानीय प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याईएको छ । सोही ठाउँमा रहेको गंगाबहादुर गुरुङ्गको कच्ची घरमा विद्युतीय तार सर्ट
भई आग लागीहुँदा करीव १५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।
उक्त आग’ लागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म बाग्लुङ्गबाट खटिएको एपीएफ टोली सो आग’ लागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । यसैगरी सर्लाही जिल्लाको चक्रघट्टा नगरपालिका ३ मा चैत्र १७ गते भएको आग’ लागी एपीएफ टोली र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको शेख महोमदको फुसको घरमा घुर ताप्ने क्रममा आ गोसल्कन गई आग’ लागी हुँदा करीव पाँच लाख रुपैयाँ बराबरको अन्नपात र लत्ताकपडा जले, र नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको एपीएफ टोलीले उक्त आ, गो विहान करीव साढे पाँच बजे नियन्त्रणमा ल्याएको थियो ।


यसैगरी नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ८ स्थित पिपरपातीमा चैत्र १६ गते भएको आग’ लागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो ठाउँमा रहेको दुर्गा भेली उद्योग र शुभ लक्ष्मी भेली उद्योगमा अचानक आग’ लागी भई करीब ३० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । सो आग’ लागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठी प्रसौनीबाट एपीएफ टोली खटिई गई आग’ लागीमा नियन्त्रणमा सकृयताका साथ जुटेको थियो । यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका २ लोकतान्त्रिक चोकस्थित ग्रिन एण्ड चिल्ड्रेन रेस्टुरेन्टमा चैत्र १७ गते भएको आग’ लागी सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म बागलुङबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो रेस्टुरेन्टको भान्छा कोठामा ग्याँस लिक भई आग’ लागी भएको बताइएको सो आग’ लागीमा करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।





सम्बन्धित समाचार