१७ चैत्र २०७७, मंगलवार   159 पटक हेरिएको


image

अजोड इन्सुरेन्स(AIL)ले चुक्ता पूँजीको ५०% हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले पूँजी वृद्धि गर्न २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सहित आगामी २०७८ वैशाख ७ गते तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा गर्ने भएको हो ।

यस इन्सुरेन्स कम्पनीले यसै बार्षिक सभामा अधिकृत र चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने तथा आर्थिक वर्ष २०७६/७७ को वासलत, नाफा नोक्सान, आयव्यय विवरण प्रस्तुत गर्ने, बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्व साधारणको तर्फबाट २ जना संचालकको निर्वाचन गर्ने लगायतका एजेन्डा लैजाने भएको छ ।





सम्बन्धित समाचार