PalikaExpress
१७ चैत्र २०७७, मंगलवार
1070 पटक हेरिएको

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको साधारण शेयरको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.१३२.९४ देखि रु.३९८.८२ पाउने भएको छ।पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्न पाउने भएकोले उक्त रुपैयाको रेञ्ज पाउने भएको हो। कम्पनीको आ.ब. २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १३२.९४ रहेको छ ।
कम्पनीले यही २०७७ फागुन २१ गते देखि २६ गतेसम्म ६६ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले ५९ लाख ४० हजार कित्ता सर्व साधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।