PalikaExpress
१६ चैत्र २०७७, सोमबार
1626 पटक हेरिएको

धेरै लामो समय पछि भन्सार विभागले भन्सार एजेन्टको लागि नयाँ लाइसेन्स दिन आवेदन खुला गरेको छ । भन्सार विभागले आगामीयही २०७८ वैशाख ५ गते सम्म दरखास्त दिन सक्ने गरी आवेदन खुल्ला गरेको हो । भन्सार विभागले लगभग २० वर्षपछि नयाँ भन्सार एजेन्ट थप्न सो आबेदन माग गरेको हो ।


विभागका अनुसार भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले २०७८ वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । भन्सार एजेन्ट बन्नका लागि २१ वर्ष उमेर पुरा गरेको भन्सार नियमावली २०६४ को अनुसूची ५ मा उल्लेख भए बमोजिम दरखास्त दिनुपर्नेछ । योग्य उम्मेदवारले ३०००/- रुपैयाँ तिरेर आवश्यक कागजात अपलोड गरेर अनलाईन मार्फत आबेदन दिन सक्ने विभागले जनाएको छ । भन्सार एजेन्टको लागि विभागले लिखत र अन्तवार्ता अनुसार उम्मेदवार छनोट गर्ने प्रक्रिया रहेको जनाएको छ ।