१६ चैत्र २०७७, सोमबार   5816 पटक हेरिएको


image

काठमाडौँ। लगातार बिदा भएसंगै फेरी चार दिनका लागि देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

वायु प्रदूषणका कारण भोलिबाट चार दिनका बिदा हुन लागेको हो। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो। बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए। त्यसलगत्तै मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको उनले बताए। आकस्मिक बैठकले निर्णय संगै मङ्गलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गरिने भएको छ।





सम्बन्धित समाचार