१५ चैत्र २०७७, आईतवार   148 पटक हेरिएको


image

मिति २०७७.१२.१३ गते शुक्रवार,  वेलकम एड्भरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिको प्राङ्गणमा वेलकम ग्रुप परिवारले एक–आपसमा शुभकामना आदानप्रदान गरि होली मनाएको छ ।

होली पर्व एक विशेष महत्व बोकेको पर्व हो । “ असत्य माथि सत्यको विजय ”को प्रतिकको रुपमा गृष्म ऋतु को आगमन सँगै होली पुर्णिमाको दिन एक आपसमा बिभिन्न रंग खेलि यो पर्व मनाईन्छ । को’रोना भाई’रसले परेको मनोसामाजिक असरले गर्दा, यसपालि पनि मास्क लगाएर होली मनाईएको छ । आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन  समय परिस्थिति अनुसार सामाजिक दूरि कायम राख्दै आपसी मित्रता र एकताको प्रतिकको रुपमा मनाइने पर्व होली सुरक्षित तरिकाले एक आपसमा रंग खेलि शुभकामना आदानप्रदान गर्र्दै मनाएको छ ।

वेलकम ग्रुपका संचालक श्री निर्मलराज पौडेल ज्युले होलीको शुभकामना दिदै कोरोना भाइरसबाट थिल्थिलो भएको नेपाली समाजलाई को’रोना भाई’रसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवार मा मात्र सिमित रही यस बर्षको होली मनाउन सल्लाह र सुझाव दिनुभएको छ ।





सम्बन्धित समाचार