१३ चैत्र २०७७, शुक्रबार   111 पटक हेरिएको


image

यही मिति २०७७ चैत्र १२ गते राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय धनगढीको आयोजनामा सुदुरपश्चिम प्रदेश सरकार र सुरक्षानिकायसंग मानव अधिकार सम्बन्धी छलफल कार्यक्रम सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथी विधयान तथा प्रदेश मामिला समितिका माननीय सभापती, नेपालु चौधरी रहनु भएको । कार्यक्रममा सुदुर पश्चिम प्रहरी प्रमुख उत्तम सुवेदी, ईन्सेकका प्रदेश संयोजक खडकराज जोशी र आयोगका कार्यालय प्रमुख मोहनदेव जोशीले कार्यपत्र प्रस्तुत गर्नु भएको । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी सहित चारवटा सुरक्षानिकायका प्रमुखहरु, प्रदेश सरकारका विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी , नागरिक समाजका प्रमुख, सहित वरिष्ठ पत्रकार चित्राङ्ग थापाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मानव अधिकार अधिकृत रुपाश्री निरौलाले गर्नु भएको ।





सम्बन्धित समाचार