१३ चैत्र २०७७, शुक्रबार   708 पटक हेरिएको


image

साधारण शेयरमा लगानी गर्न चाहने लगानीकर्ताको लागि नयाँ नयाँ कम्पनीले शेयर जारी गरिरहेको छन। नयाँ तथा भर्खर बजार प्रबेश गरेका लगानिकर्ताको लागि साधारण शेयर बजार प्रबेशको लागि उपयुक्त श्रोत हुने बजार सम्बन्धी जानकारहरु बताउछन। यसै क्रममा माया खोला हाईड्रोपावरले सर्वसाधरणको लागि २४ करोड बराबरको २४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

यस हाईड्रो पावर कम्पनीले शेयर निष्कासन तथ बिक्री प्रबन्धकको कामको लागि प्रभु क्यापिटललाई चयन गरेको छ ।यस हाईड्रो  कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।





सम्बन्धित समाचार