१३ चैत्र २०७७, शुक्रबार   832 पटक हेरिएको


image

ज्योति लाईफ इन्सुरेन्स लिमिटेडले फागुन २१ गते देखि फागुन २६ गते निष्कासन तथा बिक्री खुल्ला गरेको  साधारण सेयर यही चैत्र १३ गते आज शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको  कार्यालय काठमाडौंमा दिउसो १२:३० हुनेछ ।

यो इन्सुरेन्स कम्पनीको साधारण शेयरमा मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त साधारण सेयर गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथा द्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् । बाकी १२ लाख १० हजार भन्दा धेरै आवेदकको हात खालि हुने पक्का नै छ । कम्पनीको साधारण सेयरमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । यस कम्पनीको ,शेयर नतिजा हेर्न मेरो शेयर एप,iporesult.cdsc.com.np र बिक्री प्रबन्धकको आफ्नै साईट बाट सजिलै हेर्न सकिने जनाएको छ ।





सम्बन्धित समाचार