१२ चैत्र २०७७, बिहीबार   192 पटक हेरिएको


image

काठमाडौं : नेपाल आयल निगमको हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी गरेको छ । गोरखा भूकम्पका कारण हालको कार्यालय चर्काएपछि भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन वटै भवनमा रातो स्टिकर टाँसेको थियो।

पर्छ बर्षको पर्खाइपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा दश तलाको नयाँ कर्पोरेट भवन बनाउन बोलपत्र आह्वान गरेको छ । भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तरराष्ट्रिय मापदण्डअनुसार रहनेछन् । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भवन बनाउन रु एक अर्ब ७९ करोड लागत अनुमान गरिएको छ । नयाँ बन्ने कार्यालय भवनको डिजाइनअनुसार भूमिगत दुई तलाको पार्किङ हुने र जमीनमाथि १० तलाको भवन बनाइने छ । जमीनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र छ तलाको टावर हुने निगमले जनाएको छ । निगमको अस्थायी कार्यालय टेकु कार्यालय रहनेछ ।





सम्बन्धित समाचार