११ चैत्र २०७७, बुधबार   1007 पटक हेरिएको


image

रुरु जलबिधुत परियोजनाले २०७७ चैत्र २० गतेदेखि सर्बसाधारणलाई साधारण शेयर जारी  गर्ने भएको छ। कम्पनीले  ४ लाख ७ हजार ७ सय ६ कित्ता साधारण शेयर सर्बसाधारणलाई जारी गर्ने भएको हो । जस मध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको जम्मा  ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  

कम्पनी प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्री गर्न लागेको हो । लगानीकर्ताले यस साधारण शेयरमा छिटोमा चैत्र २४ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेमा बैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम निष्काशन भएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  साधारण शेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा चयन गरेको छ। कम्पनीको साधारण शेयरलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।





सम्बन्धित समाचार