
सिंगटी हाईड्रो इनर्जी कम्पनी लिमिटेडको साधारण सेयरमा आवेदनको ओइरो लागेको छ ।कम्पनीको साधारण शेयरमा २०७७.१२.१० अन्तिम दिनसम्म १६ लाख २३ हजार ४ सय ५० आवेदकबाट २ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँ बराबरको २ करोड ४७ लाख २० हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा २ करोड १८ लाख २० हजार ४५० कित्ता बढी अर्थात् ९ गुणा बढी हो । यो आबेदन अहिले सम्म कै दोस्रो धेरै आबेदन परेको हो ।
अन्तिम आवेदनलाई हेर्ने हो भने १० कित्ताका दरले २ लाख ६९ हजार ७ सय जना आवेदकले यो कम्पनीको शेयर हात पार्नेछन् भने बाँकी १३ लाख ५३ हजार ७ सय ५० जनाको हात खालि हुनेछ भने यो कम्पनीको शेयर प्राप्त गर्न भाग्य र गोलाप्रथा मा नै भर पर्नु पर्ने देखिन्छ ।
यस हाईड्रो कम्पनीले चैत्र ६ गते देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।यो कम्पनीको साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्स लिमिटेडले गरेको छ ।