
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने प्रस्तावसहित १२औ वार्षिक साधारण सभा आह्वान गरेको छ ।उक्त संस्थाको चैत्र ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा वैशाख ३ गते धुलिखेलमा हुनेछ । यसै सभामा आ.ब.२०७६/७७ को मुनाफाबाट संस्थाका शेयर लगानीकर्ताहरूलाई ८.१३% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसै गरि सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् र यसै सभामा एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।