१० चैत्र २०७७, मंगलवार   204 पटक हेरिएको


image

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक सभा आह्वान गरेको छ। संस्थाको चैत ९ गते बसेको संचालक समितिको १०१ औ बैठकले गरेको निर्णयानुसार संस्थाको पाँचौं वार्षिक सभा बैठकले चैत ३१ गते बनेपा ,काभ्रेपलाञ्चोकमा हुनेछ  । सभामा संचालक समितिले प्रस्ताब गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने पनि यसै सभाले पारित गर्ने छ ।  यस लघुवित्त संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्  ।  





सम्बन्धित समाचार