१० चैत्र २०७७, मंगलवार   596 पटक हेरिएको


image

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । यस लघुवित्त कम्पनीको वार्षिक सभा चैत्र ३१ गते मंगलबार स्याङ्जामा  हुँदैछ । सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम १५.३५% बोनस सेयर र  ०.८०% नगद लाभांश (कर प्रयोजन) गरि कुल १६.१५% लाभांश वितरण गर्ने प्रस्ताव  पारित गर्नेछ ।

त्यस सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र १८ गतेसम्म  कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यसै सभाबाट कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्कासन गर्ने विशेष प्रस्ताव गरिनेछ । 





सम्बन्धित समाचार