९ चैत्र २०७७, सोमबार   680 पटक हेरिएको


image

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयरको रेटिङ सम्पन्न गरेको छ । यो हाईड्रो कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले  एनपी आइआर बीबी प्लस रेटिङ प्रदान दिएको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ। हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।





सम्बन्धित समाचार